सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुभारम्भ

धनगढी, २१ पुस/सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशभरका सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा रक्त सेवा आइतबारबाट शुभारम्भ गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धनगढीको सहकार्यमा औपचारिक कार्यक्रम मार्फत सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले बिरामीलाई रगत हस्तान्तरण गर्दै निःशुल्क रक्त सेवा शुभारम्भ गरे ।


रक्त सञ्चार सेवा केन्द्र धनगढीको सभाहलमा एक औपचारिक कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीका ९ वटै जिल्ला शाखा एवं नेरेसो टिकापुर उपशाशाद्धारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र र सामाजिक विकास मन्त्रालयले सम्झौता पत्रमा हस्ताक्षर गरि प्रदेश भरका सरकारी अस्पतालहरुमा नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रहरु मार्फत निःशुल्क रुपमा रक्त सञ्चार सेवा वितरण गरिने छ । सम्झौता पछि सरकारी अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले कुनैपनि रक्त सञ्चार सेवा केन्द्रमा पैसा तिर्न नपर्ने भएको छ । शुभारम्ध कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले रेडक्रसको पारदर्शिता माथी विश्वास गरेर निष्पक्ष रुपमा सेवा प्रदान गरिने भएकाले रेडक्रस मार्फत सेवा प्रवाह गरिएको बताए ।


कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का, सामाजिक विकास मन्त्रालयका सचिव, सेती प्रादेशिक अस्पतालका मे.सु., नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य उत्तम जोशी, नेरेसो सुदूरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढा, नेरेसो कैलाली जिल्ला शाखाका सभापति बासुदेब बिनाडी, नेरेसो डडेल्धुराका सभापति मदनराज चटौत, नेरेसो बैतडी जिल्ला शाखाका सभापति विष्णुदत्त अवस्थी, कञ्चनपुर जिल्ला शाखाका मन्त्री रघुनाथ भट्ट, डोटी जिल्ला शाखामा मन्त्री सुभाष श्रेष्ठ लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्त्रव्य नेरेसो कैलाली जिल्लाशाखामा सभापति बासुदेब बिनाडीले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री शाहले सर्वाधिक रक्तदाता दिपकप्रसाद उपाध्यायलाई रक्तदाता उत्प्रेरणादुत घोषणा गरि सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया