सुदूरपश्चिममा स्वास्थ्य विश्व विद्यालय बनाउनुपर्छ : काँग्रेसका केन्द्रीय सदस्य महर

२९ जेठ, धनगढी  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिह महरले गेटा विश्व विद्यालयलाई विश्व विद्यालयका रूपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीको आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य महरले गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न सक्यो भने नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गरेका हुन ।

यस विश्व बिद्यालयमा आसपासका प्रदेशका जनताको स्वास्थ्य अवस्था सुधारिने, छिमेकी देश भारतबाट समेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या पनि बढेर यहाँको आर्थिक अवस्था र स्वास्थ अवस्थामा सुधार हुनुका साथै सुदूरपश्चिमका जनताका लागी मात्रै नभएर मेडिकल पर्यटनमा पनि बिकास हुने उनले दाबी गरेका छन ।

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको समेत उनले बताए ।
धेरै रोगहरूको सामान्य उपचार हुने भए पनि यहाँ विश्व विद्यालय भए मेडिकल हव हुने कुरा बताउदै विश्व विद्यालयको रुपमा विकास गर्न सकियो भने एकातिर मेडिकल शिक्षा पढ्न पाईने अर्को तर्फ उपचार सेवा दिएर टिचिङ अस्पतालका माध्यमले सस्तो सेवा प्रवाह गरी डाक्टरहरूको आपूर्ति पनि गर्न सकिने उनले बताए ।

गेटामा भएको मेडिकल कलेजलाई विश्व विद्यालयको रूपमा स्थापना गर्न सुदुरपश्चिमका अन्य जिल्लामा रहेका अस्पतालहरू कञ्चनपुर र डडेल्धुराका अस्पताललाई द्रुत गतिमा अघि बढाउनुपर्नेे बताउदै सरकारले बारम्वार सुदुरपश्चिमका जनताको स्वास्थ्य प्रति खेलवाड गरिरहेको समेत उनको आरोप छ ।

तपाईको प्रतिक्रिया