सुदूरपश्चिममा शुक्रवार ३२४ जनाको कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि

९ बैशाख ,धनगढी : सुदूरपश्चिममा भारतबाट फर्किएका मानिसहरुमा कोरोना परिक्षण गर्दा शुक्रवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार ३२४ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएको रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको छ

तपाईको प्रतिक्रिया