सुदूरपश्चिममा डेंगु संक्रमण तिब्र रुपमा बढ्दै,संक्रमणका दृष्टिले कैलाली देशको १०औं जिल्ला

१८भदौ,धनगढी : सुदूरपश्चिममा डेंगु संक्रमण तिब्र रुपमा फैलिरहेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार पुस–माघयताका ७ महिनामा ३ सय ७५ जनामा संक्रमण देखिएकोमा साउन १५ देखि भदौ १५ को अवधिमा मात्रै २ सय ८५ जना संक्रमित भएका छन् ।
कैलालीमा १ महिनाको अवधिमा मात्रै १ सय ९० जना संक्रमित भएका छन् । डेंगु संक्रमणका दृष्टिले कैलाली देशको १०औं जिल्ला बनेको छ ।
पछिल्लो १ महिनामा कञ्चनपुर र दार्चुलामा २ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । साउन १५गते सम्म प्रदेशमा सबैभन्दा धेरै संक्रमण दार्चुलामा देखिएकोमा त्यसयता कैलाली प्रदेशकै नम्बर एक संक्रमण भएको जिल्ला बनेको छ ।
दार्चुला अझै पनि मुलुकको ११औं जिल्लामा रहेको छ । दार्चुलामा १ महिनाको अवधिमा ३ जना मात्रै संक्रमित भेटिए पनि पछिल्लो ८ महिनामा त्यहाँ कूल १ सय ९४ जना संक्रमित भइसकेका छन् ।
कञ्चनपुरमा पनि संक्रमण बढेको छ । पछिल्लो १ महिनामा कञ्चनपुरमा ६२ जना संक्रमित भएका छन् । यसै अछाम जिल्लामा २१ जना संक्रमित रहेका छन् ।
बैतडीमा भने पछिल्लो १ महिनामा एकजना पनि संक्रमित भेटिएका छैनन् । सो अवधिमा डोटीमा १४, बझाङमा ६ डडेल्धुरामा ८ र बाजुरामा २८ जना डेंगु संक्रमित भेटिएका निर्देशनालयका फोकल पर्सन हेमराज जोशीले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया