सुदूरपश्चिमको लगानी सम्मेलन स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन नहुने भएको छ ।

सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । तर सो निर्णय भने प्रदेश सरकारले हालसम्म सार्वजनिक नगरेको पाइएको हो।सम्मेलनका कार्यकारी समितिका सदस्य नृप सुनारले तयारी नपुग्ने भएको हुँदा आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको ‘लगानी तथा विकास सम्मेलन’ सरेको छ। आउँदो फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुग्ने भन्दै सात महिना पछि धकेलिएको हो। पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो।

प्रदेश सभामा पनि सांसदहरुले सम्मेलनको विरोध गर्दै आएका थिए ।यस अघि मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर ‘लगानी तथा विकास सम्मेलन’को लागि तयारी तीव्र पारिएको थियो। सुदूरपश्चिममा समितिले ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार गरिसकेको थियो।

तपाईको प्रतिक्रिया