सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीकाे दाबी पेस

२ बैशाख, धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबि पेश गरिएको छ ।

केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा उनले मुख्यमन्त्रीमा दाबि पेश गरेका हुन् । यसअघि आजै नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया