१० जेठ, धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।
मुख्यमन्त्री टोलीले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हो ।
भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरे ।
यस्तै गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउनलगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
