सुदुरपश्चिमका दुईवटा जिल्लाका ३ स्थानमा नि:शुल्क आँखा शिविर सेवा प्रदान

३१ बैशाख, धनगढी : स्थानीय पालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रोटरी क्लब अफ इल्भेरम नर्वे, र एक एक पाईला नेपालको सहयोगमा सुदुरपश्चिमका दुईवटा जिल्लाका विभिन्न ठाउमा आखाँ शिविर सञ्चालन गरिएको हाे ।

यहि बैशाख महिनाकाे २१ देखि ३० गते सम्म बाजुरा जिल्लाको २ स्थान र डोटी जिल्लाको एक स्थानमा संचालित आँखा शिविरहरुमा जम्मा २५९७ जनाले आँखा उपचार सेवा लिएका छन् ।

जसमध्ये ४३८ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ भने २ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रियाका साथै
उक्त शिविरमा २१५७ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र विशेषज्ञ एवं जलविन्दु विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए ।

शिविरहरु बाजुराको भानोदय मा वि टाँटे, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र डोटी जिल्लाको पवित्र आवासीय मा वि सिलगढीमा संचालन गरिएका हाे।

शिविरहरुमा नगरपालिकाका कर्मचारी, पदाधिकारी, नेपाल नेत्रज्योति संघ डोटीका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।

सुदुरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित २२ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुका ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको छ ।

तपाईको प्रतिक्रिया