संसदीय समितिका बैठक स्थगित

२७ असार, काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।

समितितका सदस्यहरु श्रदाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालय श्रोतले जनाएको छ । सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।

तपाईको प्रतिक्रिया