सीडीओको सरुवा : गोगनबहादुर कैलालीको सीडीओ

धनगढी, २२ पुस/गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूको सरुवा गरेको छ । काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।
गृहले काठमाडौंसहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ । कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृहम मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओ बनाएर पठाइएको छ । गृह मन्त्रालयकै सहसचिव तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीको सीडीओ बनाएर पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ । झापाका सीडीओ बन्धु प्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको गृहले जनाएको छ । सर्लाहीका सीडीओ गोपाल कुमार अधिकारीलाई झापा सरुवा गरिएको छ । दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया