सीटीईभीटीका निर्देशकसवार गाडी सुनकोशीमा दुर्घटना

१९ जेठ, सिन्धुली  : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोशीमा खसेको छ ।

सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल चढेको उक्त गाडी सुनकोशीमा खसेको हो ।

गाडीमा चालकसहित ४ जना सवार थिए, चालक कृष्ण चौधरी भने पौडी खेलेर बाहिर आउन सफल भएका छन  ।चौधरीको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको बा १ झ ७४६७ नम्बरको सीटीईभीटीको गाडी मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया