सिप भए देशमै रोजगार बन्न सक्ने, उदाहरण बन्दै धनगढीका एक युवक

२४ जेठ, धनगढी  :  हातमा सिप भए अरुको देशमा काम गर्नू भन्दा आफ्नै देशमा रोजगार बन्न सक्ने कैलाली जिल्ला  धनगढी उपमहानगरपालिका वडा न ३ चटकपुरमा बसोबास गर्ने हिरालाल चौधरी बताउछन ।
भर्खरै सञ्चालनमा ल्याईएको हिरायान मन्टिकिड्स टोय इण्डस्ट्रीका सञ्चालक हिरालालले बच्चाहरुको सिकाईको लागी उपयुक्त हुने काठबाट बाईएका बिभिन्न प्रकारका सामाग्रीहरु आफैले उत्पादन गरेर स्कुलहरुसम्म पुर्याईरहेका छन ।

यहि बैशाख महिनादेखी सञ्चालनमा आएको उक्त इण्डट्रीले काठबाट बच्चाहरुको सिकाईको लागी क,ख ए बि, एक दुई लेखेका लेटरहरु काठको भाडोमै कोरेर आकर्ष डिनाईनमा खेलउना जस्तै बनाएर स्कुल तथा मन्टेश्वरी कक्षाहरुमा रहेका विद्यार्थीहरु सम्म पुगाउदै मन्यग आम्दानी कमाईरहेका छन ।

साना बच्चाहरुले खेलौनाको रुपमा प्रयोग गर्ने बजारको खेलौनालाई प्रयोग गर्नु भन्दा काठबाट बनको उक्त सामग्री प्रयोग गर्दा बच्चाहरुको सिकाईका साथ साथै पैसाको पनि बचत हुने टुटफुट पनि नहुने भएकाले काठबाट विभिन्न डिजाईनमा बनेका आकर्षक सामग्रीहरु धनगढी , टिकापुर, लम्की, अत्तरियाका स्कुलहरुमा गईराखेको सञ्चालक हिरालाल चौधरीले बताए ।

उनका अनुसार बच्चाको दिमाग कमोल हुने भएकाले अहिले जस्तो ज्ञान सिकाउन खोज्यो तेहि कुरालाई दिमागमा याद रहने खेलौनाको रुपमा प्रयोग गरिने काठबाट बनेका हरेक बस्तुहरु बच्चाको सिकाईको पक्षलाई जोडेर उत्पादन गरेको हुदाँ उक्त सामग्रीलाई प्रयोग गर्दा त्यस बाट बच्चाहरुको प्रत्यक्ष शिकाई हुने सञ्चालकले बताए ।

हिरायान मन्टिकिड्स टोय इण्डस्ट्रीले उत्पादन गरेका हरेक सामनहरुमा सिकाईलाई जोड दिईएको छ । जस्मा काठबाटै क, ख ए बि , एक दुई संख्या तथा रोलिङमा समान नै राखेर खेलौनाको रुपमा बच्चालाई थाहा नै नदिई सिकाई हुने वातावरणका मन्टिकिड्स टोयहरु उत्पादन गरिएका छन ।

लामो समयको वैदेशिक बसाई पछि आफ्नै ठाउँमा सिपलाई प्रयोग गरि केहि नयाँ सिकाईलाई समाजमा स्थिापित गर्ने उद्देश्यले काठको मिलमा खेर गएको स साना काठहरुलाई ल्याएर त्यसको उपयोग बाट मन्टिकिड्स टोय बनाउन सुरु गरेका हिरालालले आफु सगैँ उक्त मन्टिकिड्स टोय बनाउनका लागी ३ जना अन्य व्यक्तीहरुलाई  रोजगारी समेत दिएका छन ।

 

तपाईको प्रतिक्रिया