२७ जेठ, धनगढी : धनगढीबाट बेपत्ता भएका एक किशोर अत्तरियामा फेला परेका छन् ।
बैतडी स्थायी घर भएका अमृत विष्ट साेमवार धनगढीबाट बेपत्ता भएका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शिवनगरबाट १५ वर्षीय विष्ट बेपत्ता भएकोमा शनिवार अत्तरियाको लामीतालमा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनलाई आफन्तले फेला पारेका हुन्। उनी धनगढीको चैतन्या पाठशालामा कक्षा ९ मा अध्ययन विद्यार्थी हुन ।