सार्वजनिक सवारीको भाडादर बढ्यो, सुदूरपश्चिममा कहाँको कति ?

धनगढी, २२ पुस/सरकारले १५ महिनापछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ ।
यातायात व्यवस्था विभागले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेको जानकारी दिएको हो । विभागका अनुसार २५ किलोमिटरभन्दा बढी दूरी भएका रुटको भाडादर वृद्धि भएको छ । यसैगरी दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको छ ।
सुदूरपश्चिममा कहाँको कति ?
काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं-महेन्द्रनगरसम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पुगाइएको छ।
काठमाण्डौंदेखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीसम्मको भाडा तीन हजार २ सय ५८ बाट बढाएर तीन हजार ९ सय ९ रुपैयाँ पुगाइएको छ। गुलरिया–धनगढीको भाडा ६ सय ६१ बाट बढाएर ६ सय ७३ पुगाइएको छ। चुनेपानी–डडेल्धुराको भाडा पाँच सय ३६ बाट बढाएर ६ सय ४३ रुपैयाँ पुगाइएको छ।
धनगढी–नेपालगन्जको भाडा ७ सय २३ बाट बढाएर ८ सय ६७, धनगढी–विराटनगरको भाडा २ हजार ८ सय १८ बाट बढाएर तीन हजार ३ सय ८१, धनगढी–स्याङ्जा–पोखराको भाडा २ हजार एक सय ८८ बाट बढाएर २ हजार ६ सय २६, नाउँडाडा–बुटवल–धनगढीको भाडा एक हजार ९ सय १७ बाट बढाएर २ हजार तीन सय, पोखरा–नारायणगढ हुँदै धनगढीको भाडा २ हजार तीन सय ४१ बाट बढाएर २ हजार ८ सय १० र वीरगन्ज–धनगढीको भाडा २ हजार २ सय ७४ बाट बढाएर २ हजार ७ सय २९ रुपैयाँ पुगाइएको छ।
यातायात विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो। यात्रुवाहक सवारीमा ३ दशमलव ३० प्रतिशत भाडा बढाइएको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा शून्य दशमलव शून्य ५ प्रतिशतले बढाइएको छ। सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

तपाईको प्रतिक्रिया