सामुदायिक बहुउदेश्यीय सहकारीको साधारण सभा

धनगढी, २८ पुस/सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभाबाट पुनः जनकराज पाण्डेय अध्यक्षमा चयन भएका छन् । पाण्डेयको अध्यक्षतामा नया नेतृत्व चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा कुवेर शाही, सचिव लोकेन्द्र सिंह भट्ट र कोषाध्यक्ष कुन्जा भट्ट चयन भएका छन् । त्यस्तै सदस्यमा रन्जना शाही, मनि बहादुर धामी, ध्रुवराज दाहाल, दिव्या चन्द,श्याम जोशी, गीता चन्द र गोमती देवी पाण्डेय निर्वाचित भएका छन् ।
सहकारीको लेखा संयोजक टेकराज बिनाडी, सदस्य केशव पौड्याल र सकुन्तला न्यौपाने निर्वाचित भएका छन् ।
साधारण सभाको उदघाटन गर्दै सुदुरपश्चिम सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयका देवराज पन्तले सुदुरपश्चिममा सहकारीहरुमा समस्या नदेखिएको भन्दै ढुक्कसँग सहकारीमा बचत र ऋणको कारोवार गर्न आग्रह गरे । सचिव लोकेन्द्र भट्टले संचालन गरेको उक्त कार्यक्रममा सन्जिबनी सहकारीका अध्यक्ष भक्तराज जोशी, राष्ट्रिय सहकारी बैंकका रुपक चौधरी, पत्रकार कर्ण शाह र शेयर सदस्य मीन बहादुर धामीले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष कुवेर शाहीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष कुन्जा भट्टले सहकारीको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रतिवेदन पेश गरेकी थिइन् ।
२०७७ सालमा धनगढी उमहानगरपालिकाको वडा नम्बर ५ लाई लक्षित गरेर स्थापना गरिएको सामुदायिक बहुउदेश्यीय सहकारीको कार्यक्षेत्र ८ वडामा बिस्तार भएको छ । सो अवसरमा उत्कृष्ट ऋणीको रुपमा सोनिका चन्द, उत्कृष्ट बचतकर्ताको रुपमा पृथ्वी बहादुर शाही र सहकारीको व्यवस्थापनमा उल्लेखनिय भुमिका निर्वाह गरे वापत सहकारीका व्यस्थापक निर्मला पन्तलाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया