२६ साउन,धनगढी: नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावनानै छैन, लगानीको वातावरण छैन भन्ने भाष्य लाई चिरेर ठूलो उपलब्धि हासिल गर्न सकिने बताएका छन् ।
शनिबार कैलाली उद्योग वाणिज्य सघंको ५० औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले सानाे लगानी बाटै पनि नेपालमा ठूलाे उपलब्धी हासिल गर्न सकिने बताएका हुन्, साथै उनले हाल देशका दुई ठुला राजनितिक दल मिलेर सरकार बनेपछि पनि व्यावसायमा आश पलाएको बताए ।
साथै उद्योग वाणिज्य महासघंलेनै निकै लबिङ गरेकै कारण बैकं तथा बित्तिय संस्थाको ब्याजदरमा सुधार भएको ढकालले बताए । बैकं तथा बित्तिय संस्थाको ब्याजदरले मात्रै नभएर आर्थिक मन्दी आउनुमा अन्य थुप्रै कारण रहेछन् ढकालले भने “राजनितिक स्थिायित्व सगैं बैकं तथा बित्तिय संस्थामा समानता समेत कायम हुँदै गएको छ, हामीले सिमा क्षेत्रमा कडाई गर्नुपर्छ भनेर शसक्त आवाज उठाइरहेका छौँ, सिमामा कडाई नभएकै कारण सरकारले ठुलो राजश्व गुमाउनु परेको छ र नेपाली ब्यवसायीहरुले लगानीको प्रतिफलपनि नपाएको स्थिती छ, त्यस कारण सिमामा निकै कडाई गर्नुपर्छ ।”
नेपालमा निजि क्षेत्रको सहकार्यमा नेपाल सरकारले गरेको लगानी सम्मेलनपछि परिमार्जन भएका कानुनहरुले लगानीको वातावरण सहज बनाएको अध्यक्ष ढकालले बताए । कानुन परिवर्तन गर्नका लागी हामीले लबिङ गरेका थिायौँ र ८ वटा कानुन परिमार्जन भएका छन्, यसले हामीले निरन्तर लागे माग सम्बोधन हुने रहेछन्, भन्ने प्रमाणित भएको छ उनले भने “अब स्थिायित्व छ, लगानीको वातावरण बढ्ने छ, अब बैकं तथा बित्तिय संस्थाको सुधार छ, पर्यटकहरु बढिरहेका छन्, अहिलेको मौद्रिक नितिलेपनि धेरै सकारात्मक मेसेज गरेको छ र अब छोटो समयमै यो समस्या हल हुन्छ भन्ने अपेक्षा लिएको छु ।”
नेपालमा सम्भावनानै छैन, लगानीको वातावरण छैन भन्ने भाष्य निर्माण भएको छ, उनले भने “अब यो भाष्य चिरेर सानो लगानीमै राम्रै उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उद्देश्य सहित हामीले १० अर्बको लगानीमा पब्लिक मिटेड कम्पनि सञ्चालन गरिसकेका छौँ, तपाइहरुका क्षेत्रमा रहेका सम्भावित क्षेत्रमा पनि लगानी गर्ने छौँ, त्यस कारण जिल्ला, नगर उद्योग वाणिज्य सघंका साथीहरु यसमा जोडिन आग्रहपनि गर्दछु ।”
कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवरको अध्यक्षतामा आयोजित साधारणसभा कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना, आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जगं मल्ल, कञ्चनपुर उद्योग वाणिज्य सघंका अध्यक्ष, नेपनलगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
साथै कार्यक्रममा बिभिन्न ब्यक्ती तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । साधारणसभा उद्घाटन पुर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले कैलाली उद्योग वाणिज्य सघं परिसरमा निर्मित कैलाली उद्योग बाणिज्य सघंका संस्थापक अध्यक्ष दिलिप सिहं मल्लको सालिक अनावरण समेत गरेका थिए ।