मुम्बई– बलिउड अभिनेता सलमान खानलाई लरेन्स विश्नोई ग्याङले फेरि अर्को धम्की दिएको छ ।
मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमान खानका लागि बिहीबार राति धम्कीपूर्ण सन्देश आएको हो ।
उक्त सन्देशमा सलमान खान र लरेन्स बिश्नोई’ माथि एउटा गीत लेखिएको र उक्त गीत लेख्नेलाई नछाडिने उल्लेख गरिएको छ
धम्कीपूर्ण सन्देशमा लेखिएको छ– ‘एक महिना भित्र गीत लेख्नेलाई मारिने छ, गीत लेख्नेको हालत यस्तो हुनेछ, उसले आफ्ना नामले गीत लेख्न सक्ने छैन । यदि सलमानमा हिम्मत छ भने उनले गीतकारलाई बचाउन् ।’
यो प्रकरणमा मुम्बईको वर्ली प्रहरीले अज्ञान व्यक्तिविरुद्ध उजुरु दर्ता गरेको छ । बिश्नोइ ग्याङ्को धम्कीका बीच अभिनेता सलमान खान भने आफ्नो फिल्म ‘सिकन्दर’ को छायांकनमा व्यस्त छन् । उनी हैदराबादमा यो फिल्मको छायांकन गरिरहेका छन् ।