सनातन हिन्दु धर्मको प्रचार प्रसार गर्ने उदेश्यका साथ भजनीमा ‘श्रीकृष्ण जन्माष्टमी मनाईयो

२१ भदौ, धनगढीः श्री कृष्ण जन्मष्टमीको अवसरमा भजनी नगरपालीकामा पनि धुमधामका साथ बुधबार ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइएको छ । सनातन हिन्दु धर्मको प्रचार प्रसार गर्ने उदेश्यले यो पर्व मनाईएको हो ।
नेपाल मानव धर्म सेवा समिती सेती क्षेत्र शाखा आश्रम भजनीको आयोजनामा भजनी १ चौकमा उक्त कार्यक्रम भएको हो । विश्वभर हिन्दुधर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवको स्मरण गर्दै श्रीकृष्णजन्माष्टमी मनाउने गर्दछन् । श्रीकृष्णजन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा पर्छ । संसार र धर्मको रक्षाका लागि तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश तथा सज्जनहरूको रक्षा गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस पृथ्वीमा भएको हो ।
श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । दिनभरि निराहार रहेर भगवानको नाम सङ्कीर्तन गर्नुका साथै गीता, भागवत आदि पाठ गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ । यसै अनुसार भजनीमा पनी कृष्ण भगवानलाई खुसी बनाउन भजनकीर्तन सहिते पुजापाठ गरी मनाईएको थियो । यस कार्यक्रमका प्रमुख अतिथी सुदुरपशिचम प्रदेशका प्रमुख घनश्याम चौधरी, सभापति नेपाल मानव धर्म सेवा समिती सेती क्षेत्र शाखा आश्रमका प्रमुख महात्मा क्षमा बाईजी रहनु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया