श्रीमती कुटपिटको आरोपमा सुप विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

धनगढी, मंसिर १८ । श्रीमती कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ परेका छन्।

प्रहरीले सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत रहेका भट्टले घरायसी विवादका क्रममा मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गरेको आरोप छ ।

कुटपिटबाट उनकी श्रीमती घाइतेको भएर धनगढीमा उपचार गरिएको थियो। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफन्तका अनुसार उपप्राध्यापक भट्टले पटकपटक श्रीमतीलाई यातना दिँदै आएको आरोपसमेत छ।

२०७७ साल भदौ महिनामा गर्भवति अवस्थामा रहेको बेला पनि उनले निर्घात कुटपिट गरेर वडा प्रहरी कार्यलय कञ्चनपुरमा माफी मागेर छुटेका थिए। त्यसपछि २०७९ सालमा पनि कुटपिट गरि सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। त्यतिबेला पनि घरायसी सहमतिमा भट्टले माफी मागेका थिए।

यसपटक भने उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अदालतबाट म्याद थपको प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया