शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात गर्न सुरु

धनगढी । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात गर्न शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो विदेश निर्यात गर्ने कार्यक्रम अन्तर्गत मंसिर १६ गतेदेखि शौर्य सिमेन्टले क्लिङ्कर भारत निर्यात गर्न सुरुवात गरेको हो ।

शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काले एक औपचारिक कार्यक्रम माझ संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरिएको छ । उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको क्लिङ्कर तथा सिमेन्टमा उच्चस्तरिय चुनढुङगाको समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको बताइएको छ ।

वि.स २०७८ सालको माघबाट व्यावसायिक उत्पादन सुरुवात गरको उद्योगको क्षमता ३००० मेट्रिक टन रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिरचैयामा उद्योग स्थापना गरिएको छ । उद्योगले ओपिसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया