शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

२९भदौ,धनगढीः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

आज बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका(२ को गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको ज्यान गएको हो ।

च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेको र उहाँको घटनास्थलमै ज्यान गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।

मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हो ।

सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।

तपाईको प्रतिक्रिया