शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

१२ असार, धनगढी  :  १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतमा पक्राउ परेका छन ।

शर्मालाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको हो । उनलाई सीआईबीले सोमबार नेपाल ल्याएको छ । भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो ।

शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

उक्त सहरकारी संस्थाको सुदुरपश्चिमको कैलाली, कञ्चनपुर र डोटीमा पनि शाखा कार्यलय रहेका छन ।

तपाईको प्रतिक्रिया