धनगढी ।शिवरात्रीको अवसर पारेर धनगढी कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिने भएको छ । साथै सवा दुई करोड द्विप प्रज्ज्वलन समेत गरिने आयोजकले जानकारी दिएको छ।
सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बेहडाबाबा पुष्प वर्षा कार्याशाला उपसमितिले सो कुराको जानकारी दिएको हो। बेहडाबाबा मन्दिर ब्यबस्थापन सेवा समितिको संरक्षकत्वमा कार्यक्रमको आयोजना गरिने बताउदै आयोजक समितिका अध्यक्ष नरेन्द्र शाहले उक्त अवसरमा नेपाल भारतका करिब तीन लाख भक्तजनको उपस्थिति रहने बताए।
पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र ३ क्विन्टल फुलको करिब २ लाख गरि १३ लाख रुपैया खर्च लाग्ने बताउदै अध्यक्ष शाहले उक्त कार्यका लागि सबैलाई आर्थिक सहयोगको अपिल समेत गरेका छन।