२ साउन, डोटी : डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।
स्थानीय हिक्मत विष्टका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।