१४ जेठ, धनगढी :श्री केदार अप्सेट प्रेसका संचालक लक्षमण खडायत दम्पतीले शुभ वैवाहिक वर्ष उत्त्सवको अवसरमा डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले सुभारम्भ गरेको कलाकार कल्याणकारी कोषमा रू ५००५/- (अक्षरेपी पाँच हजार पाँच मात्र) रुपैया डेउडा प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन ।
कोमल हृदय आस्था बाट समर्पण गराउनु भएकोमा उक्त सराहनीय एवम् उच्च कार्यका लागी डेउडा प्रतिष्ठान परिवारले खडायत दम्पतिलाई सुख,समृद्धि ,उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै आफुहरुले थालनी गरेको महाअभियानमा सद्भाव र सहयोगका निम्ति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।
२०८० बैशाख २४ गतेका दिन डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले आफ्नो जन्म दिनको विशेष अवसर पारी हामीले फजुल खर्च नगरिकन कलाकारको हित र दु:खको साथीको रूपमा कलाकारहरुले उपयोग गर्न पाउँन र कलाकारीता प्रतिको आकर्षक बढोस् भनेर कोषको स्थापना एवं घोषणा आरम्भ गरेका थिए । त्यस पछि विभिन्न व्यक्तिहरुले आफ्ना शुभ कार्यहरुमा रकम हस्तान्तरण तथा घोषणा गर्दैछन ।
साथै यस महाअभियान डेउडा प्रतिष्ठानको मात्र नभई समस्त कलाकारीता जगतको रहेको भन्दै यस्को वृद्धि गर्न महत्त्वपूर्ण पहल एवम् साथ दिन डेउडा प्रतिष्ठानको आग्रह र कलाकार कल्याणकारी कोषका लागी प्रतिष्ठानको मातहतमा ऐन निर्माण गरी संचालक समिति निर्माण गरि संचालन हुने जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष सुरत रावत “डोटेलि कान्छा” ले दिनु भयो ।