वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

३० बैशाख , धनगढी : वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

ओडलाई नियन्त्रणमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्यादन थप गरेर अनुसन्धान भइरहेको उनले बताए।

नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। उनी सांगीतिक कार्यक्रममा देश बाहिर भएका कारण प्रकाउ परेका थिएनन् ।

तपाईको प्रतिक्रिया