वि पी स्मृति दिवसको अवसरमा तरुण दल तथा नेविसंघद्वारा फलफूल वितरणका साथै वृक्षारोपण कार्यक्रम सम्पन्न

६ साउन, धनगढी : नेपाल तरुण दल कैलालीले सेती प्रादेशिक अस्पतालमा विरामीहरुलाई फलफुल वितरण कार्यक्रम गरेको छ ।

४१ औं वि पी स्मृति दिवसको अवसर पारेर सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बहादुर बमले जनाए ।

साथै उक्त वि पी स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला समिति कैलालीले शिवपुरि धाम परिसरमा वृक्षरोपण कार्यक्रम समेत गरेकाे हाे ।

वि पी स्मृति दिवसको अवसरमा केन्द्रीय तालिका अनुसार  विगतका बर्षमाहरुमा पनि  वृक्षरोपण, रक्तदान जस्ता  कार्यक्रम गर्दै आईरहेकाे बमले बताए  ।

उक्त कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया