विश्वकै दोस्रो धनी बने मार्क जुकरबर्ग

वासिङ्टन । फेसबुकको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।

एमाजनका हाकिम जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका बर्नार्ड आर्नोलाई उछिनेर उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

सूचकका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब ११ अर्ब डलर रहेको छ । उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् ।

मस्कको नेटवर्थ २ खर्ब ६३ अर्ब डलर रहेको छ । जुकरबर्थले सन् २००४ मा फेसबुक लन्च गरेका थिए । उनको अधिकांश सम्पत्ति मेटाको शेयरमा रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया