विराटनगरको रानी क्षेत्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

५ बैशाख ,विराटनगर :  दुई समुहको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ ।

एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुवै पक्षबीच् ढुंगा हानाहान समेत भएको थियो ।

सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले अवस्था सामान्य हुदै गएको प्रहरीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया