विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते

१२ असार, धनगढी : कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते भएका छन्।

आज बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेकि छन् ।

प्रहरीका अनुसार बालिकालाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो।

गम्भीर घाइते बालिकालाई घोडाघोडी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

तपाईको प्रतिक्रिया