विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एसपीए कलेजका प्राध्यापकको जागरि चैट

१२ बैशाख, धनगढी : आफैले पढाउने विद्यार्थी (छात्रा) माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका धनगढीको एसपीए कलेजका प्राध्यापक चेतराज भट्टलाई जागिरबाट निकालिएको छ ।

सोमवार एसपीमा प्लसटु कक्षा अन्तरगत कार्यविधि कानुन विषय पढाउने प्राध्यापक भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत यौन दुर्व्यवहार गर्ने गरेको कुरा बाहिर आएपछि उनलाई पदमुक्त गरिएको हो ।

क्याम्पस प्रमुख योगराज गौतमले विज्ञप्ती जारी गर्दै भट्टलाई पदमुक्त गरिएको जानकारी दिएका छन् । भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।

उनले भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको विद्यार्थीको दाबी छ । सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि सोमबार कलेजबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको छ ।

तपाईको प्रतिक्रिया