२९ जेठ, धनगढी : राष्ट्रिय विज्ञापन बोर्डले विज्ञापन नियमन सम्बन्धि धनगढीमा आज प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
सोमवार विज्ञापन बोर्डको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा ,आन्तरीक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह बिभिन्न रेडियो टेलीभिजनका ,हुलाक कार्यालयका पदाधिकारी, नेपाल पत्रकारमहासंघ ,उद्योग वाणिज्य संघका लगायत विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उक्त प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै संचार क्षेत्रका शासकीय स्वरूप फेरिए पनि पुनसंरचना हुन अझै बाँकी रहेको तथा प्रदेश र मोफसलका मिडियालाई उपलब्ध गराउने लोककल्याणकारी विज्ञापनको नीति बनाई समानुपातिक विज्ञापनको अवधारणा ल्याउन सुदूरपश्चिम प्रदेश सरकार लागिरहेको आन्तरीक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहले बताए ।
विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यले पहिलो पटक विज्ञापन उतपादन, वितरण प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ ।
विज्ञापन बोर्ड गठनको दुई वर्ष र बोर्डले पूर्णता पाएको एक वर्ष पुरा नहुदै २०७८ साल कार्तिक ८ गते विज्ञापन आचारसंहिताको मस्यौदा जारी गरेको थियो ।
सञ्चारमाध्यमहरुले आफ्नो प्रभाव, पहुँच तथा लोकप्रियताको आधारमा दररेट निर्धारण गरि निर्धारित दररेटमै कारोवार गनूपर्ने तथा विज्ञापन एजेन्सीको कमिशन पारदर्शी नभई अग्रिम भुक्तानीमा मात्रै नगद छुट दिने तथा समयमा भुक्तानी नगर्ने विज्ञापन दाता तथा विज्ञापन एजेन्सीको कारोवार रोक्का गर्ने व्यावस्था आचारसंहियतामा राखिएको विज्ञापन बोर्डका अध्यक्ष लक्षमण हुमागाईले बताए ।