२४भदौ,धनगढीः बाजुराको साँफे–मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । गत शनिबार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।
एक्स्काभेटरले पहिरो सफा गरेपछि साँफे मार्तडी राजमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बर्खाको समय सो सडकमा पहिरो बग्ने भएकोले एक्स्काभेटर राखिएको थियो ।
पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनुभयो ।