वनबेहडामा माघ २० गते धनगढीको सी.पी.अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य शिविर हुने

धनगढी । कैलालीको गौरी गंगा नगरपालिका ६ वनबेहडामा भोलि ९माघ २० गते० धनगढीको सी।पी।अस्पतालको सहयोग र बास नेपाल कैलाली शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वनबेहडा स्थित अमर माध्यामिक विद्यालयमा विहान १० बजेदेखि साझ ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविर संचालन गरिने जनाइएको छ ।

निशुल्क स्वास्थ्य शिविरमा सी।पी अस्पतालका सिनियर कन्सल्टेन्ट सर्जन डाक्टर सी।पी पाण्डेय,फिजिसियन डाक्टर गौरव कुमार गुप्ता,नाक,कान, तथा घाटी रोग विशेषज्ञ डाक्टर इन्द्र उपाध्याय र हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर अमित बहादुर सिंहले बिरामी जाँच तथा उपचार गर्ने जनाइएको छ ।

स्वास्थ्य शिविरमा चेक,जाँच,उपचार, औषधी,भिडियो एक्सरे निशुल्क रुपमा गरिने जनाइएको छ ।आर्थिक अभावमा उपचार गर्न नसकेर रोग पालेर बाच्न बाध्य भएका गरिब,विपन्न,कमजोर आर्थिक अवस्थाका मानिसलाई सहयोग गर्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सी।पी अस्पताल व्यवस्थापक हेमराज जोशीले बताए । उनले औषधी,भिडियो एक्सरे लगायत चेक,जाँच र उपचार निशुल्क गरिने भएकाले सो क्षेत्रका सम्पुर्ण विरामीलाई शिविरमा आएर सेवा लिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया