लागूऔषधसहित कैलालीमा युवती पक्राउ


१४ बैशाख, धनगढी : कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन

जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागूऔषध खैरो हेरोईन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया