धनगढी, कार्तिक २४ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ०१ राजिपुरबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
रो हिरोइन सेवन तथा बेचबिखन कार्य भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तिल्केनी बस्ने वर्ष २१ का टंक बोहरा र वर्ष २२ का पदम न्यौपाने छन् । प्रहरीले उनीहरुलाई सोधपुछ गरी खानतलासी गर्दा पदम न्यौपानेको घरमा लुकाईछिपाई राखिएको अवस्थामा २ ग्राम १७० मिलिग्राम लागुऔषध खैरो हेरोइन परामद गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।