११ बैशाख, धनगढी : लागुऔषधसहित कैलालीमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने २९ वर्षीय दिपक सुनार रहेका छन् । सुनारलाई लम्कीचुहा नगरपालिका–१ को भुरुवाबाट १ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
टीकापुर नगरपालिका–१ बाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २७ वर्षीय पुष्पराज जैशी र २३ वर्षीय डेनी प्रसाद जोशीलाई पनि पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट ८ सय मिलिग्राम लागुऔषध चरेश बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।