९ बैशाख ,कञ्चनपुर : लागुऔषधसहित कञ्चनपुरमा चार जनालाई प्रहरीले पक्राउ परेको छ ।
जिल्लाका विभिन्न स्थानबाट लागुऔषधमा संलग्न चार जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले बताएको हो ।
ईकाला प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाटा नगरपालिका–५ बनस शुनिल बोहरा, भीमदत्त नगरपालिका–२ का बसन्त जोशी, भारतको बरेली कान्द्रापुरका हनमोल गुप्ता र चनहिटिग्रामका रुपेन्द्र मौरीयालाई लागुऔषधसहित पक्राउ गरेका हुन ।
उनीहरुको साथ बाट दुई किलो चार ग्राम लागुऔषधसहित बरामद गरिनुका साथै २८ हजार पाँच सय नेपाली रुपैयाँसहित चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी गराएको छ ।