रौतहटमा ग्याँस लिक भएर आगलागी, ६ लाख बढीको क्षती

२३ चैत, रौतहट:  भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।

आगलागि बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसमान पुर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकि छन ।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गर्मियाम संगै हावाहुरी चल्न सुरुभए यता रौतहटमा आगलागी बाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षती भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया