धनगढी, कार्तिक २५ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ हरिनगरका लाभग्राही किसानहरुलाई बाख्रापालन सम्बन्धी तालिम दिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा मार्फत सो वडामा सञ्चालित जलवायु प्रकृतिमा आधारित समस्या समाधान तथा उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहरुलाई तालिम दिइएको हो ।
वडामा सञ्चालित कार्यक्रम अन्तर्गत लाभग्राही छनोट गरेर उनीहरुलाई तालिम दिइएको कार्यक्रमका जिल्ला संयोजक नरेन्द्र भट्टले जानकारी दिए ।
वडा कार्यालयको समन्वयमा गरिएको तालिममा सो वडामा रेडक्रममार्फत सञ्चालित कार्यक्रमका च्याम्पियन र लाभग्राहीहरुको सहभागिता रहेको थियो ।
यस्ता तालिमले विपन्न समुदायलाई जिविकोपार्जनमा सहयोग पुग्ने गोदावरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गोविन्द चौधरीले बताए । उनले रेडक्रसमाफर्त सञ्चालित कार्यक्रमले आगामी दिन अन्य विपन्न बर्गलाई पनि समट्ने अपेक्षा गरे ।
हरिनगरमा सञ्चालित यस कार्यक्रम अन्तर्गत छनोट गरिएका च्याम्पियन र लाभग्राहरुले जिविकोपाजर्नका लागि अनुदानमा रकम प्राप्त गर्नुका साथै तालिम पनि पाएपछि खुशी व्यक्त गरेका छन् ।
रेडक्रसमार्फत विपन्नका लागि वडामा सञ्चालन भएको कार्यक्रम आफूहरुजस्ता व्यक्तिहरुका लागि जीवनस्तर सुधारको महत्वपूर्ण बाटो भएको वडाकी च्याम्पियन संयोजक तथा लाभग्राही लक्ष्मी ठगुन्ना भाटले बताइन् ।
गरिब तथा विपन्न बर्गको उत्थान तथा जिविकोपाजनका लागि हरिनगरमा नेपाल रेडक्रसमार्फत सञ्चालित कार्यक्रम अन्तर्गत बाख्रा पालन, कुखुरा पालन, तरकारी खेतीलगायतका सीपमुलक काम गर्न सहयोग उपलब्ध गराइएको छ । यस कार्यक्रमले विपन्न बर्गको जीवनस्तरमा सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।