काठमाडौं, असोज १५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रु ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ।
मङ्गलबार काठमाडौँमा बसेको सचिवालय बैठकले कोषमा रकम दाखिला गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा रु एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गरेको प्रस्ताव आजै बसको संसदीय दलबाट पारित भएको छ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजगमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन् ।