रास्वपाले ‘प्राइमरी इलेक्सन’बाट उम्मेदवार छान्ने, कार्यतालिका सार्वजनिक

काठमाडौँ, कार्तिक २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि ‘प्राइमरी इलेक्ससन’मार्फत उम्मेदवार छनोट गर्ने भएको छ ।

रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको जानकारी दिए ।

त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

यस्तै उम्मेदवारको टुंगो लगाउन कात्तिक २८ गते मतदान भएर अन्तिम नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशित गरिनेछ ।

तपाईको प्रतिक्रिया