राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्धारा शन्तिपूर्ण मोटरसाईकल ¥यालीमा सहभागी हुन आह्वान

२६भदौ,धनगढीः राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन धनगढी उप–महानगरपालीकाले बौद्धिक सनातन हिन्दुराज्य कायम गरी प्रदेश खारेज गरिनुपर्ने गौमाताको संरक्षण, नेपाल आमाको सम्मान, मठ,मन्दिर गुम्बा,गुरुद्धारहरुको संरक्षण गरीनु पर्ने भएकाले शन्तिपूर्ण मोटरसाईकल ¥यालीमा सहभागी हुन आह्वान गरेको छ ।
“हाम्रो देश नेपाल बहुसंख्यक हिन्दु सनातनीहरु मिलेर बसेको स्वयं भगवान शिवको आराधना केद्र, तेत्तिस कोटी देवी देवताको वासस्थान, ऋषि वेद व्यासको जन्मभुमि, बाल्मीकि ऋषिको आश्रम, मुक्तिदाता भगवान विष्णुको बास स्थान, सीता माताको जन्मभुमि राजा जनकको देश भगवान गौतम बुद्धको जन्मभुमि,हिमवत खण्ड धर्मको देश, गौमाताको देश, यो देशको राष्ट्रिय जनावर गौमातालाई सार्वजनिक स्थानमा काटेर खान पाउनु पर्छ भन्दै सामाजिक सञ्जालमा मासु पकाएर खाएको सहित भिडियो सार्वजनिक गर्दा समेत हाम्रो देशको सरकारले मौन रहि दोषिलाई कारबाही नगर्दा आज सम्पुर्ण सनातनी ओमकार परिवार, किराँत परिवार सहित आत्मा दुखेको हुँदा यस्ता कुर्कमको बिरोध गर्दै सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण मोटरसाईकल ¥यालीमा सम्पूर्ण देशभक्त राष्ट्रप्रमी राजनैतिक दल, सम्पुर्ण आस्थावान जनसमुदाय र ॐकार परिवार लगायत धार्मिक संघसस्थाहरुको उपस्थितिका लागि हार्दिक अपिल गर्दछौ” । उक्त आह्वान पत्रमा भनिएको छ ।
¥याली भदौ २७ गते बिहान १२ः १५ बजे धनगढी चौराहमा हुने छ । उक्त ¥याली राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन धनगढी,कैलाली र शिवसेना नेपाल धनगढी,कैलालीको आयोजनामा हुन लागेको हो ।

तपाईको प्रतिक्रिया