राष्ट्रिय तुलसीराम माविको ३२ औं वार्षिकोत्सव सम्पन्न

धनगढी । राष्ट्रिय तुलसीराम मावि उत्तरबेहडीले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार विद्यालयले एक भब्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि खड्काको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धीबहादुर खडका प्रमुख अथिति रहेका थिए ।

वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अथिति खडकाले विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा अगाडी बढाउनुपर्ने बताए । राष्ट्रिय तुलसीराम माविमा अहिले आईएससी सरहको भटेनरीको पढाई पनि भइरहेको छ । अध्यक्ष खडकाले अब त्यहाँ स्नातक तहको प्राविधिक शिक्षाका लागि लाग्नुपर्ने बताए ।

वार्षिकोत्सव समारोहमा नेकपा एमालेका प्रदेश सचिव रण बहादुर चन्द, समाजसेवि भुपेन्द्र थापा, प्राध्यापक जगन्नाथ जोशी, टेन्डी शेर्पा, वडा सदस्य माया भण्डारी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी र विद्यालयका शुभचिन्तकहरुलाई सम्मानित पनि गरिएको थियो ।

कार्यक्रममा शिक्षक सीताराम जोशीले स्वागत गरेका थिए भने शिक्षक हर्क विष्टले सञ्चालन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा नर्सरी देखि भेटनरी डिप्लोमा सम्मका विद्यार्थीहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया