धनगढी, असोज १३ । राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं जिल्ला अधिवेशन आजदेखि टीकापुरमा सुरु भएको छ ।
अधिवेशनको एक समारोहकाबीच नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा नेकपा एमालेका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कैलालीको अधिवेशनमा कैलाली जिल्लाका २६० जना प्रतिनिधिको सहभागीता रहेको छ ।
अधिवेशनले आगामी दुई वर्षका लागि ७० सदस्यीय नेतृत्व चयन गर्नेछ ।