धनगढी, मंसिर १० । कैलालीमा युवकलाई अपहरण गरि शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी छन् ।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरूलाई सोमबार धनगढीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटमा पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ केदारस्यु गाउँपालिका–६ बस्ने युवक छन् ।
उनीहरु दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको पाइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।
कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले धामी र खड्कालाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिन्छ ।