युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

६ बैशाख, धनगढी : युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ ।

उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ । युएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएका छन् । पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया