२० असार, धनगढी : धनगढीमा रहेको माया मेट्रो अस्पतालले एक महिलाको पेटबाट ८ किलोग्राम तौल भएको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
अस्पतालले बिहीबारमात्रै डडेल्धुरा घर भएकी ५५ वर्षीय एक महिलाको ८ किलोग्राम तौलको ट्युमरको सफल शल्यक्रिया गरेको हो।
अस्पतालका वरिष्ठ ल्याप्रोसकोपिक तथा जेनरल सर्जन डा. विकास मण्डल र वरिष्ठ एनेस्थेसिया तथा क्रिटिकल विशेषज्ञ डा. मोहन राज भट्टराईको टीमले उक्त शल्यक्रिया गरेका हुन् ।
ती महिला विगत एक वर्ष देखि सो समस्याबाट पीडित रहेकी थिइन् । एक वर्ष देखि पेट सुनिएर खाना खान पनि समस्या भएको र उनमा कमजोरी समेत बढ्दै गइरहेको थियो ।
यस अस्पतालले यस्ता शल्यक्रिया वेला वेला सफल गर्दै आफ्ना सेवाग्राहीकाे विश्व जित्दै आइरहेकाे छ । सुदूरपश्चिमका पहाडी जिल्ला लगायतका मानिसहरु यहाँ उपचारकालागि आउने गर्दछन् ।