धनगढी । धनगढीको माया मेटा्रे अस्पतालले अछामको वैद्यनाथ कोटिहोममा निशुल्क स्वास्थ्य डेक्स संचालनमा ल्याएको छ । वैद्यनाथमा १४४ बर्षपछि लागिरहेको कोटिहोममा निशुल्क स्वास्थ्य डेक्स स्थापना गरिएको अस्पतालले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्। अछामको वैद्यनाथधाममा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताएका हुन्।
राष्ट्रपति पौडेले धार्मिक, सांस्कृतिक एकतासँगै संविधानले धर्मनिरपेक्षता सबैलाई एकताबद्ध बनाउने लैजाने भनाइ राखे। उनले वैद्यनाथलाई पर्यटनको विकास गरेर आर्थिक विकाससँगै सामाजिक एकतामा विकास गर्न सकिने बताए।
नेपाल धार्मिक र सांस्कृतिक रूपमा पुण्यभूमि भएको भन्दै देवी देउताका मन्दिरले भरिएकाले पर्यटन र तीर्थाटन दुवै हुने भएको राष्ट्रपति पौडेलको भनाइ थियो।
उनले कोटिहोमले लिएको लक्ष्यलाई शुभकामना दिए। वैद्यनाथको बारेमा स्कन्दपुराणमा समेत उल्लेख गरेको अल्प, मध्य र दीर्घकालीन योजना बनाएर तीनै तहका सरकारले काम गर्नुपर्ने उनको भनाइ छ।
उद्घाटनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, भौतिक योजनामन्त्री प्रकाशबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री डा। भीम रावल, सांसद, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
वैद्यनाथ क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतीलाल बोहरा लगायतलाई सम्मान गरिएको छ। पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण वैद्यनाथ धाममा ६र६ वर्षको अर्धकुम्भ मेला, १२र१२ वर्षको महालक्ष्यहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम गरिन्छ।
वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरणका लागि कोटिहोम थमलिएको मूल आयोजक समिति संयोजक तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिए।
यस्तै वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्य बनाउन, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, लोकसंस्कृति, लोककला, लोकगाथाको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले कोटिहोमको आयोजना गरिएको बताइएको छ। कोटिहोम बिहीबारबाट सुरु भएर यही फागुन २५ गतेसम्म चल्ने कार्ययोजना छ।