मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न

१५ बैशाख, धनगढी : मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम सम्पन्न भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा धनगढीमा गरिएको उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।
सुदुरपश्चिम प्रदेशमा गरिबी, अशिक्षा लगायतका कारण मानव बेचबिखन तथा ओसारपसार पछिल्लो समय बढ्दै गईरहेका कारण यस्लाई न्युनिकरण गर्न सचेतनामुलक कार्यक्रमहरु ग्रामीण तहहरुमा पु¥याउनु पर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

युवा युवतीहरुमा रहेको बिदेशको मोहले गर्दा पनि बेचबिखनको खतरा बढिरहेको हुदाँ तथ्याङ्क अनुसार आगामी वर्षमा बेचबिखनका घटनामा कमी ल्याउन सबै प्रतिबद्ध हुनुपर्ने कुरामा जोड दिदै मानव बेचबिखन कानुनी अपराध भएको र सामूहिक प्रयासले मात्रै न्यूनीकरण गर्न सकिने धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाले बताईन ।

मानब बेचबिखन जघन्य अपराध भएको र यसलाई नियन्त्रण गर्नु सबैको कर्तब्य र दायित्व रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तर्फ बाट मिना पौडेलले बोल्दै मन्त्रालयले गरेका काम संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरि तीन ओटै सरकारका जिम्मेवारी पुरा गर्न आपसी साँझेदारी, अझ पनि नयाँ संरचना निर्माण गर्नुपर्ने लगायत बजेट निर्माण गर्नुपर्ने कुरालाई समेत जोड दिईन् ।

उक्त कार्यक्रममा नेपालमा मानब बेचबिखनको अवस्था, नितिगत ब्यवस्था, मातहतको मन्त्रालयको प्रयास, मानव बेचबिखनका समस्या र चुनैतीहरुबारे समेत प्रकाश परिएको थियो ।

तपाईको प्रतिक्रिया